५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार

मन्त्री आरजु निवास अगाडि शंकास्पद वस्तु भेटियो

९ भाद्र, धनगढी । कैलालीको धनगढीमा नेपाली कांग्रेस नेतृ तथा परराष्ट्र मन्त्री आरजु देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका –४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले पूरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए । उक्त वस्तु के हो भन्ने नखुलेको उनले बताए ।

शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्