४ आश्विन २०८१, शुक्रबार
राजनीति समाचार समाज

आजदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

९ भाद्र, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक भदौ ११ गतेसम्म बस्ने चल्ने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने जनाइएको छ । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने जनाइएको छ ।

पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको सपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी तोकिनेछ । केही नेताहरुको जिम्मेवारी हेरफेर गरिनेछ ।

केन्द्रीय संरचनाहरुको निर्माण र विविध विषयमा छलफल गर्न पार्टीले केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको नेता पाण्डेयले जानकारी दिए । पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्