५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

९ भदौ, काठमाडौं । नागार्जुन नगरपालिका–७ स्थित सडकमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्र.०१–०२५ च ९२४३ नम्बरको जिप र बा.प्र.०२–०१७ प १०९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक प्रवेश खड्काको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको र जिप चालकलाई पक्राउ गरिएको थानकोट वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्