४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

एभरेस्ट महिला भलिबल लिगको मिति सार्वजनिक

९ भदौ, काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगको मिति सार्वजनिक भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले आइतबार प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । तालिका अनुसार लिग असोज १४ गतेदेखि १९ गतेसम्म आयोजना हुने छ ।

प्रतियोगिताको पहिलो संस्करणका लागि मार्कीसहित नेपाली खेलाडीहरूको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । फ्रेन्चाइज लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउने छन् । जसमा टिम मधेस, टिम ललितपुर, टिम कर्णाली, टिम चितवन, टिम काठमाडौं र टिम गण्डकी छन् ।

प्रतियोगितामा मधेसको मार्की खेलाडीमा निरुता ठगुन्ना छिन् । यस्तै, गण्डकीमा सरस्वती चौधरी, काठमाडौंमा उषा भण्डारी, चितवनमा राष्ट्रिय टिमकी कप्तानसमेत रहेकी अरूणा शाही, टिम कर्णालीमा सुमित्रा रेग्मी र ललितपुरमा सलिना श्रेष्ठ मार्की खेलाडी छन् ।

प्रतिक्रिया दिनुहोस्