टेलिग्रामका सीईओ पक्राउ
९ भदौ, काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोभ पक्राउ परेका छन् । आफ्नो निजी जेटमा पेरिसको ले बोर्गे एयरपोर्ट पुगेका उनलाई फ्रान्सेली प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
फ्रान्सेली प्रहरी अधिकारीहरूका अनुसार ३९ वर्षीय दुरोभलाई म्यासेजिङ एपसँग सम्बन्धित अपराधमा वारेन्टअन्तर्गत पक्राउ गरिएको हो ।
रुसको सरकारी समाचार एजेन्सी टासले फ्रान्समा रहेको रुसी दूतावासले पनि स्थिति सम्हाल्न तत्काल कदम चालिरहेको जनाएको छ । टेलिग्राम एप रुस, युक्रेन र यस क्षेत्रका देशहरूमा धेरै लोकप्रिय छ ।
प्रतिक्रिया दिनुहोस्