३१ भाद्र २०८१, सोमबार
समाचार सुदूरपश्चिम

अछाममा चट्याङ लागेर २ जना घाइते

१० भदौ, अछाम । अछाममा चट्याङ लागेर २ जना घाइते भएका छन । मेल्लेख गाउँपालिका – ५ बिन्देवासिनी धामी गाउँमा वर्षासँगै सोमबार दिउँसो चट्याङले लागेर २ जना घाइते भएका हुन् ।

घाइते हुनेमा ६२ वर्षीय तुले धामी र उनका डेढ वर्षीय नाति गणेश धामी रहेका छन् ।

घर भित्र बसिरहेको अवस्थामा चट्याङ लागेर दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्