५ आश्विन २०८१, शनिबार
खेलकुद समाचार

बंगलादेशका पुर्वकप्तान शाकिब अल हसनलाई सबैखाले क्रिकेटमा प्रतिबन्ध लगाउन कानुनी नोटिस

११ भाद्र,  काठमाडौँ ।  बंगलादेशी क्रिकेटका पूर्वकप्तान शाकिब अल हसनलाई सबैखाले क्रिकेटबाट तत्कालबाट प्रतिबन्ध लगाउन बंगलादेशी क्रिकेट बोर्ड (बीसीबी) लाई आइतबार कानुनी नोटिस पठाइएको छ । रफिकुल इस्लामका वकिलले बोर्डसामु यो माग राखेका हुन् ।

इस्लाम गार्मेन्ट कारखानाका मजदुर रुबेलका बुबा हुन् र उनले आफ्नो छोराको हत्यामा शाकिब अल हसनको हात रहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री सेख हसिनाविरुद्ध चलेको आन्दोलनका त्रममा रुबेलको हत्या भएको थियो ।

त्यस आरोपमा १ सय ४७ जनाविरुद्ध मुद्धा दायर गरिएको छ र त्यसमा एक जना हसन पनि रहेका छन् । उनी अहिले पाकिस्तान भ्रमणमा रहेको बंगलादेशी टिममा रहेका छन् । उनले रावलपिन्डीमा भएको टेस्टमा बंगलादेशलाई दश विकेटले विजयी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । अल हसन हसिनाको अवामी लिगसँग पनि आबद्ध थिए र सांसद पनि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्