११ भाद्र, काठमाडौँ । बङ्गलादेशका केही भागमा आएको बाढीका कारण २३ जनाको मृत्यु, करिब ६० लाख मानिस प्रभावित र हजारौँ परिवार विस्थापित भएका छन्।
गत हप्तादेखि प्रमुख नदीहरू ‘ओभरफ्लो’ हुँदा बङ्गलादेशका केही भागमा जमिनको ठूलो क्षेत्र जलमग्न भएको छ। बाढीले देशको ठूलो भू–भागमा बस्तीहरू, बाली, सडक र राजमार्गहरूमा व्यापक क्षति पुर्याएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्