४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

विकराल रुप लिदै सम्बन्ध बिच्छेदको मुद्दा

१२ भाद्र,  काठमाडौँ ।   कैलालीमा सम्बन्ध बिच्छेदको मुद्दा विकराल बन्दै गइरहेको छ । जिल्लामा सम्बन्ध बिच्छेद गराउनेको संख्या बढ्दै जादा यो मुद्दा विकराल बन्दै गएको हो । जिल्ला अदालत कैलालीको तथ्याङ्क अनुसार जिल्लामा वर्षेनी सम्बन्ध विक्षेद गराउनेको संख्या बढ्दै गइरहेको छ । जिल्ला अदालत कैलाली एक वर्षमा ७ सय ६८ जनाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरका छन । जिल्ला अदालत कैलालीमा गत आर्थिक वर्ष कुल २ हजार पाँच सय ८२ मुद्दा दर्ता भएका थिए । तीमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन् । बिगतमा निकै पीडा र समस्यापछि सम्बन्ध बिच्छेदका लागि अदालतसम्म पुग्ने गरेपनि पछिल्लो समय सामान्य विवादमै सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुग्न थालेको कानुन ब्यवसायी बताउछन् ।

maya metro hospital

गत आर्थिक बर्षमा सम्बन्ध बिच्छेदका लागी २ सय १२ मुद्दा पुरुषले मात्रै दर्ता गराएका छन् । सम्बन्धविच्छेद गर्न अदालत जानेमा पुरुषभन्दा महिलाको संख्या दोब्बर देखिएको छ । अदालतको तथ्याकं हेर्दा जिल्लामा सम्बन्ध विच्छेदको समस्या विकराल बन्दै गएको जिल्ला अदालत कैलालीका प्रमुख न्यायाधीश दण्डपाणि लामिछानेले बताए ।

उनले भने, ‘सम्बन्ध विच्छेदका कारणहरू धेरै हुन्छन् । एउटा कारण त सम्पती हो । गरिबी जहाँ हुन्छ, जहाँ अभाव हुन्छ, त्यहाँ तनाव हुन्छ । वास्तवमा मान्छेका इच्छा चाहानाहरू धेरै हुन्छन् । समाजले, अहिलेको परिवेशले लगाएको, खाएको देखेपछि अनुकरण गर्ने प्रवृत्ति हामी सबैमा छ ।’ उनीहरूले आफ्ना चाहाना पूरा गर्न दोस्रो विवाह तथा फरक बाटो रोज्ने गरेको समेत देखिन्छ । न्यायाधीश लामिछानेले भने, ‘विवाह गरेर गएको घरमा महिलाले एक खालको अपेक्षा राखेको हुन्छ । तर आर्थिक अभावका कारण कतिपय अपेक्षाहरू पूरा हुँदैन । अहिले चाहानाहरू बढी छन् । मान्छेका चाहानाहरू पूरा नहुँदा अर्काेतिर पूरा हुने देखिएपछि सम्बन्ध तोड्ने गरिएको छ ।’

attariya hospital

पछिल्लो समय सम्बन्ध बिच्छेद सम्बन्धी मुद्धाले बिकराल रुप लिइरहेको भन्दै आम बुद्धिजिवी र कानुन ब्यवसायीले चिन्ता ब्यक्त गरेका छन् । सम्बन्ध बिच्छेदका लागि अदालत पुग्नेहरु मध्ये सबै पीडित नै नरहेको नेपाल बार एशोसिएशन कैलालीका पुर्व अध्यक्ष शिद्धराज ओझा बताउछन् ।

केही त सामान्य घर झगडाले अदालत पुग्नुहुन्छ ओझाले भने ‘धेरैलाई हामीले सम्झाएर पठाउने गरेका छौँ, बिवाह गरेको दुई, तिन बर्ष नपुग्दै सामान्य झगडामा सम्बन्ध त्याग्न अदालत पुग्नु हुन्छ यो राम्रो होइन, ति मध्ये सिमित महिला तथा पुरुष वास्तविक पिडित भएर अदालत पुग्नुहुन्छ, उहाँहरुले न्याय पाउनुपर्छ हामीलेपनि भन्छौँ तर पिडित र वास्तवमै समस्या भएकाले सम्बन्ध त्याग्न आउनुपर्नेमा सगैं जिउने र मर्ने कसम खाएको दुई बर्षमै सम्बन्ध त्याग्न सम्म पुग्नु राम्रो होइन ।’

सामाजिक सञ्जालका कारणपनि धेरै सम्बन्ध बिग्रिने गरेको ओझा बताउछन् । श्रीमान, श्रीमती बिच सामान्य बिवादलेपनि अदालत धाउने प्रबृती बढ्दा बिवाह गरेको ४–५ बर्षमै जोडिहरु छुट्टिने क्रम बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्