५ आश्विन २०८१, शनिबार
समाचार समाज

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

१२ भाद्र, काठमाडौं । कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

बुधबार धनगढी उपमहानगरपालिका–२ की ६२ वर्षीया भागा भट्टको करेन्ट लागेर मृत्यु भएको हो । उनलाई आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर घाइते भएकी थिइन । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्