५ आश्विन २०८१, शनिबार
समाचार समाज

भोलि धनगढीको हसुलिया फिडरमा विद्युत काटिने

१२ भाद्र, काठमाडौं । कैलालीको धनगढी स्थिति हसुलिया फिडरमा विद्युत काटिने भएको छ । बिहिबार धनगढी वितरण केन्द्र अन्तरगतको कब्रिस्तान देखि घुइयाघाट सम्मको लाइन सुधार गर्न विद्युत लाईन काटिन लागेको हो ।

सो क्षेत्रमा ११ केभी कभर केबुल लाईन पनि जडान गरिने भएकाले बिहिबार बिहान १० बजेदेखि बेलुकी ५ बजे सम्म विद्युत लाईन काटिने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्