२५ कार्तिक २०८१, आईतवार
खेलकुद समाचार समाज

नेपाल प्रिमियर लिगमा आठ टिमले प्रतिस्पर्धा गर्दै

१४ भाद्र,  काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा कुल आठ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले लिगमा आठ फ्रेन्चाइज टिम समावेश गर्ने निर्णय गरेको हो ।

यसअघि क्यानले टिमको फ्रेन्चाइजी लिन खुलाएको आवेदनको १८ वटा फारम बिक्री भए पनि १६ टिमले निवदेन दिएका थिए । नेपालमा आयोजना हुन लागेको कुनै पनि फ्रेन्जाइजी लिगमा आठ टिमले प्रतिस्पर्धा गर्न लागेको यो पहिलोपटक हो ।

यसअघि, क्यानकै आयोजनामा भएको नेपाल टी–२० मा र निजी क्षेत्रबाट आयोजना भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) मा समान ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।  क्यानले एनपीएलका लागि मंंसिर १५ गतेदेखि पुस ६ गतेसम्मको आयोजना मिति छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्