५ आश्विन २०८१, शनिबार
समाचार समाज

एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त

१४ भाद्र, काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।

वर्तमान मुख्यसचिव लीलादेवी गड्तौलाले शुक्रबार अवकाश पाउँदै छिन् । सोही कारण भदौ १५ गतेदेखि लागु हुने गरी गृह मन्त्रालयमा कार्यरत अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको ।

गड्तौला गत साउन १० गते मुख्यसचिव नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्