३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाज साहित्य/ समाचार

इन्दिरा र युवराजको प्रेमिल जोडी !

इन्दिरा धेरै समयपछि आफ्नो माइती गाउँ नेपालटार आकि थिइन आफ्नो गाउँको बाटोहरु हिड्दै गर्दा उनको आँखामा आफ्नो बाल्यकालको सरारती पन र किशोरीअवस्था झल्झल्ती आउन थाल्यो। उनले आफ्नो माइतीघर आउन लगभग छोडेकी थिइन। किनकि उनको दाजुभाइले उनको बिबाह यस्तो ठाउँमा गराइदिएका थिए जसको उमेर उनको भन्दा २२ बर्ष बढी थियोे र बिहे गराइदिए बापत उनीहरुले पैसा लिएका थिए।

इन्दिरा ले चुपचाप आफ्नो बिहेघर निभाउदै गरिन तर आज बर्षौपछी जब आफ्नो माइती गाउँ बस्नको लागि आइन आफ्नो प्रेमीसँग नभेटी बस्न मनले मानिरहेको थिएन.. उनको खुट्टा आफै त्यो दिशातर्फ बढ्न थाल्यो जहाँनेर युवराज को घर थियोे। आँगनमा पुगेर घरमा कोही हुनुहुन्छ भनेर बोलाउँछिन.. हेर्दा घरको ढोका भित्रबाट लगाएको देख्छिन र अगाडी बढेर ढोका ढ्वाक-ढ्वाक पार्दै फेरि उसैगरी ठूलो स्वरमा भन्छिन: “घरमा कोही हुनुहुन्छ?” ढोकालाई हातले ढ्वाक-ढ्वाक पार्दा ढोका भित्रबाट आफै खुल्छ.. भित्र बृद्ध मान्छे खाटमा सुतिरहेका हुन्छन्। उनले भित्र गएर हेर्छिन यो त उनैको युवराज हो।

“के हालत बनाको युवराज? म इन्दिरा हो मलाई चिन्यौ युवराज? म तिम्रो इन्दिरा।” आज बर्षौपछी उनलाई देख्दा केही समय युवराजले चिन्न सकेन। “बर्षौपछी आज मलाई तिम्रो मायाले तानेर ल्यायो। म तिम्रो हालखबर बुझ्न आएकी हुँ।” युवराजले इन्दिराको अनुहारमा एकोहोरो हेरिरह्यो.. “बर्षौंसम्म हामीले एकअर्कामा कुनै सम्पर्क गरेनौं ताकि हाम्रो गृहस्थीमा कुनै आँच नआओस्। तर आज जब म एकदम एक्लि छु।

मेरो मनले भन्यो कि मर्नु भन्दा अगाडी तिमीलाई देखु..तिमीसँग भेटम…” खाटमा सुतिरहेको युवराज बिस्तारै-बिस्तारै आँखा चिम्लिन थाल्छ। उसको अवस्था एकदम नाजुक हुँदै गएको छ। इन्दिराले सोध्छिन: “युवराज तिम्रो परिवारहरु कहाँ गए? तिम्रो यस्तो अवस्था कसरी भयो? यस्तो द्रुगन्धमा किन सुतेको? तिम्रो ओछ्यान कसैले सफा गर्दिदैनन?”.. “इन्दिरा मेरो कोही छैनन्। आमा र दिदीले पनि समय भन्दा अगाडी नै मलाई छोडेर गए।

मैले बिबाह नै गरिन इन्दिरा। तिमीसँग बाचा गरेको थिए नि मैले तिमी भन्दा बाहेक कसैसँग बिहे गर्दिन भनेर।” “के भन्दै छौ युवराज? त्यतिबेला तिमीले मलाई भनेको थियौ कि इन्दिरा तिमी आफ्नो घर गृहस्थीमा खुशी रहनु म पनि खुशी हुन्छु भनेर। यो कस्तो खुशी हो युवराज?” युवराजले बिस्तारै मुस्कुराउँदै आफ्नो हात दबाउँछ.. “किन तिमीले पूरा जीवन एक्लो पनमा बितायौं? एकपटक त मलाई भेटेर भन्न सक्थ्यौं। सायद म फर्केर तिमीसँग आउथे।” “होइन इन्दिरा। समाजमा तिम्रो बदनाम होस् भनेर मैले चाहदिन थिए। मान्छेले तिम्रो बारेमा कुरा काट्थे मुखमा आएको बोली दिन्थे।

मलाई थाहा थियोे तिमी धेरै बुझकी छौ भनेर, आफ्नो जीवन धेरै राम्रोसँग गुजारा गर्छौ..। मलाई त के? मेरो ख्याल आमाले राख्नुभयो आमा गएपछि दिदीले मेरो ख्याल राखिन। अहिले घर वरिपरिका मान्छेहरुले खाना दिएर मेरो यस्तो अवस्थामा पनि मलाई साथ दिएका छन्… कहिलेकाही लाग्छ मेरो जाने समय आइ सकेको छ।” “होइन। यस्तो नभन। हामी अहिले नै हस्पिटल जानुपर्छ र के भएको हो सबै चेकजाँच देखि उपचार सबै गर्नुपर्छ..” “हुन्छ। तर तिन दिन देखि मेरो तागत नै छैन कि म उठेर बाहिर सम्म हिडेर जान सकौं?” “हिड युवराज। म तिमीलाई आफ्नो हातले नुहाएर हस्पिटल जानको लागि तयार बनाउँछु।

” यस्तो भन्दै इन्दिराले युवराज लाई उसको ताहमा समाएर उठाउँछिन र युवराजको घर बाहिर टाटिले बारेको बाथरुममा लगेर उसलाई प्रेमपुर्वक नुहाएर सफा बनाउँछिन। दुबै जनाको बृद्ध आँखामा बच्चा देखि जवानी सम्मको सबै दृश्य घुम्न थाल्छ। त्यसबेला दुबै जना बाल्यकालमा सँगै खोलामा गएर नुहाउँथे पौडी खेल्थे, चुङ्गी गट्टा खेल्थे, अर्काको अमिलो आँप टिपेर खान्थे, तिहारमा सँगै धेउसी भैलो खेल्थे।

गाउँमा सबैले इन्दिरा लाई युवराजले मन पराउँछ भनेर कुरा काट्थे। र युवराजको आमाले पनि इन्दिरा लाई सारै मन पराउथीन। तर इन्दिरा आफुभन्दा गरिव तल्लो जातको सँग घुमेको डुलेको र बिबाह गरेको उनको दाजुभाइलाई मन्जुर थिएन। उनिहरुले आफुहरु सँग जात मिल्ने नै केटोसँग बिबाह गरिदिन चाहन्थे, जसले इन्दिरा सँग बिहे गरे बापत पैसा पनि दियोस र कुनै खर्च बिना नै बिहे टरोस। त्यसपछि इन्दिरा भन्दा २२ बर्ष जेठो सँग उनको बिबाह गरिदिए। जसले १५ बर्षसम्म पनि साथ निभाउन सकेन र झाडापखालाको कारण उसको मृत्यु भयो।

दाजुभाइले कहिले पनि बहिनीलाई फर्केर हेरेनन। इन्दिरा सानै हुँदा इन्डिया कोइला खानीमा कोइला काट्दा काट्दै कोइलाले पुरेर बुबाको ज्यान लेको थियोे। जब इन्दिरा १४ बर्षकी थिइन तब उनको आमाको खेतमा धान काट्दा काट्दै रथले भेट्टाएर अकस्मात मृत्यु भएको थियोे। सायद आमा जिउँदो हुनुहुन्थ्यो भने उनलाई माइतीघर बोलाउँनुहुन्थ्यो वा त्यस्तो छोरी भन्दा २२ बर्ष जेठो सँग आफ्नो छोरीको बिहे नै गर्दिनु हुँदैन थियोे।

इन्दिराले आफ्नो दुई छोरा एउटि छोरीलाई हुर्काइन बढाइन र उनीहरुलाई आफ्नो खुट्टामा हिड्न लायकको बनाइन। छोराहरुले उनलाई आफुसँगै बस्नु भनेर धेरै Request गरेका थिए तर उनले अब आफ्नो स्वतन्त्र चाहन्थिन। उनीहरुको बिबाह गरिदिएपछी उनले माइती गाउँमा जाने निर्णय गरिन तर अब युवराजलाई भेटेपछि उनलाई महसुस भैरहेको छ कि अब दुनियाँले जेसुकै भने पनि बाकी जीवन युवराज सँगै बिताउने छिन।

इन्दिराले सोध्छिन: ” युवराज तिम्रो इन्दिरा सँग बिहे गर्छौं?” उसले भन्यो: “एउटा सर्तमा गर्छु?” हुन्छ। तिमीले जे सर्त भने पनि तिम्रो सबै सर्त मान्न तयार छु। सर्त त भन? “तिमीले दिनदिनै मलाई यसैगरी नुहाइ दिन्छौ..?”

उसको कुरा सुनेर दुबैजना ठुलो ठूलो आवाजमा हाँस्न थाले। त्यसपछि उनिहरुको अनौठो प्रेम त्यस मोडमा आएर मिल्यो जहाँ मान्छेले बाँच्ने आशा नै मार्ने गर्छन।।

प्रतिक्रिया दिनुहोस्