नारायणी नदीमा महिलाको बेवारिसे शव फेला
१५ भाद्र, काठमाडौँ । पूर्वी नवलपरासीको देवचुली स्थित नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । देवचुली नगरपालिका–१ मेगापार्क स्थित नारायणी नदी किनारमा अन्दाजी ३०/३५ वर्षीय महिलाको बेवारिसे शव फेला परेको हो ।
आज दिउसो नदी किनारमा महिलाको शव भेटिएको स्थानीले खबर गरे पछि प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनु भयो ।
मोटो शरीर ,मंगोलियन अनुहारको जस्तो देखिने महिलाको शवको अहिले सम्म सनाखत नभएकाको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्