५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

योग्यता, दक्षता र परिपक्वता भएका प्रशासक मुख्य सचिवमा नियुक्त -गृहमन्त्री लेखक

१५ भाद्र, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गृह सचिव एकनारायण अर्यालको मुख्य सचिवमा पदोन्नतिलाई गृह प्रशासनका लागि सुखद विजयको रूपमा स्वागत गरेका छन् । गृह मन्त्रालयमा आयोजित बिदाइ समारोहलाई सम्बोधन गर्दै गृहमन्त्रीले अत्यन्त योग्य, दक्ष र परिपक्व प्रशासकको रूपमा अर्यालको मुख्य सचिवमा नियुक्ति भएकोमा खुसी व्यक्त गरे ।

गृहमन्त्री लेखकले अर्यालको नेतृत्वमा आगामी निजामती प्रशासनले उत्कृष्ट प्रगति गर्ने विश्वास व्यक्त गरे । उनले सार्वजनिक प्रशासन सुधारका लागि सबै क्षेत्रबाट महत्वपूर्ण भूमिका आवश्यक रहेको र उपलब्धि दिन आवश्यक रहेको औंल्याए ।

समारोहमा गृहसचिव एवं नवनियुक्त मुख्य सचिव अर्यालले नेपाल सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै सार्वजनिक प्रशासन सुधारका लागि कटिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । गृह प्रशासन सुधारका लागि आफ्नो निरन्तर प्रयास रहेको उल्लेख गर्दै अर्यालले ६८ बुँदे गाइडलाइन निर्माण गरी प्रमुख जिल्ला अधिकारीहरूलाई सक्रिय बनाउने काम गरेको र यसले गृह प्रशासनलाई नतिजामुखी बनाएको उल्लेख गरे ।

उनले बेष्ट परफरमरलाई प्रमुख जिल्ला अधिकारीको रूपमा खटाउनु पर्नेमा जोड दिँदै, प्रमुख जिल्ला अधिकारीको न्यूनतम योग्यता मापदण्ड स्वीकृत भइसकेकाले सोहीअनुसार खटाउन सके गृह प्रशासनमा ठूला सुधारहरू आउने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्