५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

आज, चार संसदीय समितिको बैठक बस्दै

१६ भदौ, काठमाडौं । आइतबार प्रतिनिधि र राष्ट्रि सभाका चार समितिको बैठक बस्दै छ ।

आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ र शिक्षा समिति, राष्ट्रिय सभा अन्तर्गतको विधायान व्यवस्था समितिको बैठक बस्न लागेको हो भने संयुक्त संसदको संसदीय सुनुवाई समितिको बैठक पनि बस्दै छ ।

आज बिहान ९ बजे बस्ने अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितीमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने एजेण्डा रहेको छ ।

त्यसैगरी, दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

संसदीय सुनुवाई संयुक्त समितिको ११ बजे बोलाइएको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्