३१ भाद्र २०८१, सोमबार
प्रवास मुख्‍य समाचार समाचार समाज

ममता काफ्लेकी आमा पुगिन् अमेरिका

१६ भदौ, काभ्रे । अमेरिकामा बेपत्ता नेपाली महिला ममता काफ्लेकी आमा गीता र उनका दाजु भर्जिनिया पुगेका छन् ।

काफ्लेको मृत शरीर लुकाएको आरोपमा ममताका श्रीमान् नरेश भट्ट थुनामा छन् । यस्तोमा १ वर्षकी छोरी एक्लै भएपछि रेखदेख गर्न भन्दै काफ्लेको माइती पक्षले अमेरिका जान खोजेको थियो ।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।

लगत्तै काफ्लेको माइती पक्षले नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरुसँग समेत भेट गरेका थिए । त्यसपछि उनीहरुले अमेरिका जाने प्रक्रिया थालेका थिए ।

भिसा लगायतका प्रक्रिया पूरा भएपछि गएको मंगलबार राति उनीहरु त्यसतर्फ गएको मामा सहकुलप्रसाद तिम्सिनाले बताए । उनले अनलाइनखबरसँग भने, ‘उहाँहरु अमेरिका पुगिसक्नु भएको छ, त्यहीँबाट मेरो कुराकानी पनि भइसक्यो ।’

१२ कक्षा सकेपछि बैंग्लोरमा नर्सिङ पढिरहेका बेला सामाजिक सञ्जालमार्फत उनको कञ्चनपुरका नरेश भट्टसँग चिनजान भएको थियो । पछि उनीहरु प्रेम सम्बन्धमा जोडए, त्यसपछि २०७७ सालमा पनौतीमा धुमधामसँग नरेश र ममताबीच विवाह भएको थियो ।

विवाहको केही समयपछि ममता अमेरिका गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्