३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

“मुनाको लार उत्कृष्ट ठहर हुँदै यशस्वी पुस्तक पुरस्कारका लागि छनोट”

१६ भदौ, काठमाडौं । यशस्वी पुस्तक पुरस्कार मुना चौधरीको कथा संग्रह “लार” ले पाउने भएको छ । प्रज्ञा प्रतिष्ठानले प्रदान गर्ने यशस्वी पुरस्कारका लागि सर्टलिस्ट तयार पारिएकोमा मुना चौधरीकोद्धारा लिखित कथा संग्रह “लार” उत्कृष्ट ठहर हुँदै यशस्वी पुस्तक पुरस्कार पाउने भएको हो ।

काब्य तर्फ कवि देवब्रतको अस्वस्थामाको निधारबाट बागमती बग्छ, गैर आख्यान तर्फ अरुण गुप्तोको संस्कृति चिन्तन र मोमिलाको प्रश्नहरु त बाँकी नै रहन्छन् संयुक्त रुपमा छनोट भएको छ । यस्तै अंग्रेजी तर्फ रोहिणी राणाको द नेपाल कुक बुक, अनुसन्धान तर्फ यज्ञराज उपाध्यायको काली कर्णालीको लोकसाहित्य तथा संस्कृति यशस्वी पुस्तक पुरस्कार पाउने भएको हो ।

यशस्वी प्रज्ञा प्रतिष्ठानले २०८० सालभित्र प्रकाशित भएका पाँच विधाका पुस्तकहरु आह्वान गरेकोमा प्रतिष्ठानलाई प्राप्त पुस्तकहरुमध्ये पाँच विधाका पुस्तकहरु सार्वजनिक गरेको थियो । सर्ट लिस्टमा परेका प्रत्येक विधाबाट निर्णायकको निर्णयको आधारमा प्रत्येक विधाका एक पुस्तकलाई बीस हजार राशीको यशस्वी पुस्तक पुरस्कार प्रदान गरिने जनाएको छ ।

उत्कृष्ट पाँच पुस्तकलाई पुरस्कारका लागि भदौ २२ गते कलिङ साहित्यक महोत्सबमा प्रदान गर्ने यशस्वी प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
आख्यान तर्फ मुना चौधरीको लार, बिमल नेपालको पीपला, रमेश सायनको अन्तर, गोविन्दप्रसाद कुसुमको भृकृटी, सरला गौतमको अम्रिकाने काशी, डीआरको खोक्पा, अखण्ड भण्डारीको बोरा, दिब्य गिरीको ईश्वरको अनुहार र जीवन जीवन्तको चरैवेति सर्टलिस्टमा परेको थियो ।

गैरआख्यान तर्फ रोशन शेरचनको गल्ली संसार, कुमार नगरकोटीको जोगियाना, जीवन क्षेत्रीको नुनतेल, धिरेन्द्र सिनालको भुक्तमान, नरेन्द्रजंग पिटरको बकपत्र, अरुण गुप्तोको संस्कृति चिन्तन, मोहन मैनालीको मुकाम रणमैदान, ज्ञानु अधिकारीको संवेदनाको समायोग, मोमिलाको प्रश्नहरु त बाँकी नै रहन्छन् सर्टलिस्टमा परेको थियो ।

यस्तै काब्यतर्फ अभय श्रेष्ठको लहना र तीर, सुमिनाको बागीस्त्रीको आत्मकथा, देवब्रतको अश्वत्थामाको निधारबाट बागमती बग्छ, सुशिला खड्का हसिनाको पहिरोभित्रको घाम र मना धिताल अर्यालको महाकाश सर्टलिस्टमा परेको थियो ।

पुरस्कारका लागि छनोट मुना चौधरीको लार कथा संग्रह नारी मनोविज्ञानमा आधारित छ । लार कथा संग्रहले नारी शसक्तिकरणको विषयमा गहिरो छाप छोड्न सफल भएको छ । नारीलाई ममताकी खानीको रुपमा मात्रै चित्रण गरिएको छैन्, परिआएको खण्डमा जस्तोसुकै परिस्थितीलाई पनि चिर्न सक्ने सन्देश पनि दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्