१२ मंसिर २०८१, बुधबार
मुख्‍य समाचार समाचार समाज

हरिसिद्धीको क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु

१६ भदौ, काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाबाट शनिबार हामफालेकी काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले आईसीयूमा राखेर उपचाररत तामाङको आज बिहान मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार थाइराइडको क्यान्सर उपचारका लागि उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । उनले अस्पतालबाट हाम फाल्नुको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्