३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

हिम्मतवाली रमा ! (कथा)

निकुञ्ज छेवैमा एउटा सानो गाउँ थियो । घाँस दाउराका लागि गाउँले निकुञ्जमै निर्भर हुन्थे । आवश्यकता अनुसार उनीहरु निकुञ्जमा गएर घाँस दाउरा ल्याउने गर्दथे । साेही  गाउँमा रमा नामकी एकजना महिला पनि बस्थिन। उनीसँगै उनकाे श्रीमान् र उनकी अबाेध नानी सँगै बस्थिन ।

उनको जीवन निकै सरल थियोे, उनको श्रीमान पेसाले मजदुर थिए। श्रीमान मजदुरी गर्न गएपछि रमा नानीलाई काखी च्यापेर घरको काम गर्थिन् । आफ्नो सानो झुपडीमा बालाखा नानीको साथमा सुख दुःख साटासाट गर्थे।

गरिबी उनीहरुको जीवनको हिस्सा थियोे, तर रमाले हिम्मत कहिले हारिनन्। उनले प्रत्येक दिन चुलोमा दाउरा सल्काएर खाना बनाउँथिन र प्राय उ नजिकैको निकुञ्जमा गएर दाउरा ल्याउँथिन।

भदौको महिना थियो तीज नजिकै आउदै थियोे । एकदिनको कुरा हो, रमाले निकुञ्ज गएर दाउरा ल्याउने निर्णयमा पुगिन।

उनले नानीलाई आफ्नो काख च्यापी र हँसिया बोकेर बफर्जन कटेर निकुञ्ज जंगलभित्र पसिन। जंगल भित्र एउटा रुखमा हाँगै हाँगो देखिन, उनले नानीलाई भुइँमा राखेर रुखमा चडेर हाँगो काट्न थालिन। त्यसैबेला अचानक बन रक्षक रमेश त्यहाँ आइपुगे। उसको काम जंगलको सुरक्षा गर्ने थियोे, तर उसको नियत केही अरु नै थियोे।

रमेशले रमालाई कसाउँदै भन्यो, तिमीलाई थाहा छ हरियो रुख काट्न अपराध हो भनेर, म तिमि विरुद्ध उजुरी गर्छु, र तिमीलाई सजाय दिलाउँछु।

रमाले नम्र भएर भनिन् नरिसाउँनुहोस न सर। मैले अहिलेसम्म आधा हाँगो काटिसकेकी छु, अब भाँचिनै लाग्यो। तपाईंले मलाई तल झर्न दिनुहोस्, त्यसपछि जे गर्नुहुन्छ गर्नुहोला।

रमेशले उनको कुरा मान्यो र हाँगो लाई पुरै छिनाउन दियो। रमा तल ओर्लिएर आइन र भनिन्, पहिलोपटक हो रुखमा चडेर हाँगो काटेको त्यसैले माफ गर्दिनुहोस। मैले सिर्फ हाँगो मात्रै काटेकी हुँ रुख होइन।

तर रमेशको नजर रमाको आकर्षक शरीरमा अडिएको थियोे। उसले रमालाई भने, यदि तिमीले केही समय मसँग बिताउँछौ र मलाई खुशी गर्दिन्छौ भने मैले केही उजुरी गर्दिन। तिमीले जति दाउरा काट्नु छ आफ्नो इच्छाले काटेर लैजान सक्छौ, तिमीलाई म रोकतोक गर्दिन।

रमाले रमेशलाई कडा आँखाले हेर्दै भनिन्, सर तपाईंले मलाई गलत बुझिरहनु भएको छ। म तपाईंले सोचेजस्तो महिला होइन। मेरो साथमा यो सानो बालाखा बच्चा छ, म मेरो श्रीमानलाई धोका दिन सक्दिन।

रमेशले हाँस्दै भने आजकाल महिलाहरू बाहिरी पुरुषसँग रमाउँनु समान्य भैसक्यो, म तिमीलाई केही पैसा पनि दिन्छु यसले तिम्रो गरीबी पनि टर्छ ।

रमाले चर्को स्वरमा जवाफ दिइन, सर, हामी गरिब छौँ, तर इज्जत नै हाम्रो सबैभन्दा ठुलो धन हो। हामी प्रलोभनमा पर्दैनौ लोभी ले यस्तो काम गर्छन, चाहे त्यो गरिब होस वा धनी । म जे छु त्यो नै मेरो लागि सबैथोक हो। पैसामा बिक्ने आईमाई होईन म ।

रमेशको नियतमै खोट भएपछि, उसले धम्की दिदै भन्यो यस्को मतलब मैले भनेको मान्दिनौ हैन त ? अब म तिम्रो बिरुद्ध लाग्नै पर्ने भयो ।

रमाले हिम्मत गरेर जवाफ दिइन, मलाई बिगार्न सक्दैनौ। जब मेरो हातले यति ठुलाे हाँगो काट्न सक्छ भने म आफुलाई बचाउ पनि सक्छु। र बाकी रह्यो कामको कुरा, यसमा याद राख्नुस कि यो कुरामा तपाईं पनि बराबर सरिक हुनुहुन्छ हाँगो काट्नमा , आदि तपाई आउनु अगाडी काटिसकेको थिए भने आधा तपाईंको मातहतमा छिनाएकी थिए।

रमाको अगाडी रमेशको कुनै जोड चलेन, हिम्मतवाली रमाको अगाडी रमेश हार माने र उ रमालाई त्यहीँ छाडेर बन अफिस तिर लागे। हो रमाले आत्म रक्षाका लागि रमेशसँग भिड्न समेत तयार भईन् । जसले गर्दा दानबरुपी रमेशको कुनै जोडबल चलेन ।

रमाको आत्मबल र आत्मविश्वासले नारीभित्रको शक्तिलाई उजार गरिदियो। आफु सत्य र स्वाभिमान भए जस्तोसुकै ठूल ठुला चुनौतीलाई पार लगाउन सकिन्छ भन्ने कुरा यो घट्नाले प्रमाणित गर्यो।

रमाको यो साहसिक कदम गाउँमै उदाहरण बन्यो र उनको कथा सबैको कानमा गुन्जन थाल्यो।।

लेखक सन्तोष कार्की मौसुफ स्वयम चितवन राष्ट्रिय निकुञ्जको बन रक्षक भएर ४ बर्ष बिताएका थिए । निकुञ्जमा घटेको बास्तबिक घटनालाई चित्रण गर्दै मौसुफले यो कथा तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्