५ आश्विन २०८१, शनिबार
समाचार समाज

डडेल्धुरामा भरूवा बन्दुकसहित दुई जना पक्राउ

१६ भाद्र, डडेल्धुरा ।डडेल्धुरामा एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । आलिताल गाउँपालिका–६ धिमडाबाट एकनाले भरूवा बन्दुक र सो बन्दुकमा लाग्ने २ थान सिसाको गोलीसहित उक्त वडाको फल्ले खर्कका ५१ वर्षीय वीरबहादुर कुँवर र ४३ वर्षीय कर्णबहादुर कुँवर पक्राउ परेका हुन् ।

अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार राति बन्दुकसहित पक्राउ गरेको हो । दुबै जनामथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्