अल्छीलाग्दो मन्त्रालय भन्दै राजीव गुरुङले दिए मन्त्री पदबाट राजीना
१७ भदौ, काठमाण्डौ । गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत पत्र पठाएर दीपक मनाङेका नामले चर्चित राजीव गुरुङले मन्त्रीबाट राजीनामा दिनुभएको हो ।
आज सरकार पुनर्गठन हुँदा मनाङेलाई मुख्यमन्त्री पाण्डेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । तर वन मन्त्रालयमा केही कामै नहुने र बजेट पनि थोरै हुने भएकाले अल्छीलाग्दो मन्त्रालयमा नबस्ने मनाङेले बताउनुभएको छ । आफूलाई अहिले मन्त्री बन्न अल्छी लागेको पनि उहाँको भनाइ छ ।
यसअघि मनाङे भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हुनुहुन्थ्यो । विगतमा दुई पटक विश्वासको मत दिएर सरकार जोगाएका मनाङेलाई मन्त्री बनाइरहने अडान लिएका मुख्यमन्त्री पाण्डेले हिजो मन्त्रालयसमेत फुटाएर ७ वटाबाट ९ वटा पुर्याउनुभएको थियो ।
मनाङेले आफ्नो साटो मनाङबाट निर्वाचित प्रदेश सांसद मुनिन्द्रजङ्ग गुरुङलाई मन्त्री बनाउन पनि सुझाव दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्