५ आश्विन २०८१, शनिबार
समाचार

बाजुरामा कुमारी बैँक र पसलमा चोरी गर्ने ३ जना पक्राउ

१७ भाद्र, बाजुरा । गौमुल गाउँपालिकाको केन्द्रमा रहेको कुमारी बैंकको शाखा लगायत घट्मुना बजारमा रहेका पाँच वटा पसल तोडफोड गरी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट तीन जनालाई पक्राउ गरी आवश्यक सोधपुछ सहित बयान लिईएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायब उपरीक्षक रवीन्द्रसिंह कार्कीले बताएका छन् ।

पक्राउ पर्नेमा बडिमालिका नगरपालिका १ पिनालेखका २३ बर्षिय जनकराज उपाध्याय, वडा नम्बर ७ जिल्लिी बस्ने २० बर्षिय किरण बि.क र वडा नम्बर ४ ओलेना बस्ने शन्देस नाथ पक्राउ परेका हुन् । उनिहरुलाई पक्राउ गरी चोरी आरोपमा मुद्धा दर्ता गरी जिल्ला अदालत बाजुराबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक कार्कीले जानकारी दिए । शुक्रबार मध्ये राति २ः०० बजेको समयमा बैंकको मुल ढोका तोडफोड गरी सिसी क्यामरा जडान गरिएको मनिटर लिएको सिसी टि.भी.फुटेजमा देखिएको छ । बैंकको मुल ढोका तोडफोड गरी बैंक भित्र प्रवेश गरेको समेत देखिएको थियो । यस्तै गौमुल गाउँपालिका–६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नगद ५० हजार समेत चोरी भएको बताईएको छ ।
त्यस्तै गाउँपालिकाको केन्द्र घट्मुना बजारमा रहेका ५ वटा पसलहरु तोडफोड गरी चोरी गरिएका छन् । स्थानीय व्यापारी चन्द्र रोकाया, सरिता रोकाया, गणेश थापा, सुशीला रोकाया र ज्ञान बहादुर सुनारको पसलमा चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्