५ आश्विन २०८१, शनिबार
समाचार समाज

मध्यपहाडी राजमार्ग एकतर्फी सञ्चालन

१८ भाद्र,  काठमाडौँ । सुख्खा पहिरो खसेर अबरुद्ध भएको मध्यपहाडी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

अबरुद्ध सडक स्थानीय फिक्कल गाउँपालिकाको जेसिभीको सहायताले एकतर्फी सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।

सोमबार साँझ मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गा.पा. ५ पञ्चकन्या, थाम्लेघाटमा सडक माथिबाट सुख्खा पहिरो आएपछि सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्