५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

नदी किनारका बस्ती जोगाउने एमालेको अभियानमा काँग्रेसले दियो साथ

१८ भाद्र, काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।

मंगलबार बुढानीलकण्ठस्थित उनको निवास पुगेर उक्त टोलीले पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेट गरेको छ ।

नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यान आकर्षण गराउन डा. भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले काँग्रेस सभापति देउवालाई बुढानीलकण्ठस्थित निवासमा भेटेको हो ।

भेटमा देउवाले सम्मानित अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानपर्ने विषयमा सहमति जनाउँदै कानून मन्त्रीलाई छिटो भन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिए ।

भेटमा एमालेका बागमती प्रदेश इन्चार्ज डा. भट्टराई, काठमाडौँ जिल्ला ईन्चार्ज आनन्द पोखरेल, काठमाडौँ जिल्लाका अध्यक्ष दीपक निरौला लगायत पदाधिकारीहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्