३१ भाद्र २०८१, सोमबार
अर्थ मुख्‍य समाचार समाचार

आन्दोलनरत सहकारी ‘पीडित’माथि मन्त्रीको आरोप : बैंकबाट ऋण लिएर सहकारीबाट बढी ब्याज खानेहरु

१९ भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आन्दोलनरत सहकारी पीडितहरुमाथि गम्भीर आरोप लगाएका छन् । बैंकबाट सस्तो ब्याजमा पैसा लिने र त्यसलाई सहकारीमा राखेर बढी ब्याज खानेहरुले आन्दोलन गरेको उनको दाबी छ ।

बुधवार काठमाडौंमा सहकारी पत्रकार समाजको कार्यक्रममा मन्त्री आफू मन्त्री भएलगतै सहकारी पीडितहरुसँग वार्ता गरेर ८बुँदे सहमति गरेको बताए । सहमतिका सातबुँदामा काम थालिसकेको भन्दै उनले भने, ‘एउटा बुँदामा काम गरेका छैनौं । किनकी संसदले संसदीय समिति बनाएर छानविन गरिरहेको छ ।’

छानविन समितिको प्रतिवेदन आएसँगै कार्यान्वयन गर्ने भन्दै उनले भने, ‘साना रकम जम्मा गर्ने वचतकर्ताहरु वास्तविक सहकारी पीडित हुनुहुन्छ ।’

आफूसँग धेरै भएको सम्पती सहकारीमा राख्ने र बैंकबाट कम ब्याजमा पैसा लिएर सहकारीमा राख्ने र बढी ब्याज खानेहरु पनि रहेको भन्दै उनले भने, ‘अहिले सहकारीमा आन्दोलन गर्नेहरु त्यस्तै मात्रै छन् । आन्दोलनको नेतृत्व गर्नेहरुले पीडितहरुसँग फाइदा लिन पनि पाउने भए, अर्को उद्देश्य पूरा गर्ने भए ।’

प्रतिक्रिया दिनुहोस्