५ आश्विन २०८१, शनिबार
समाचार

१५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरुष पक्राउ

१९ भदौ, काठमाडौं ।  सङ्खुवासभाबाट १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको धर्मदेवी नगरपालिका-८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरि बहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।

उनले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्