५ आश्विन २०८१, शनिबार
समाचार

अछाममा जिप दुर्घटना, ८ जना घाइते

१९ भदौ, काठमाडौं । अछाममा जिप दुर्घटना भएको छ । बुधबार साँफेबगर नगरपालिका-८ मटेनास्थित मध्यपहाडी राजमार्गमा साँफेबगरबाट मंगलसैनतर्फ जाँदै गरेको सुपप्र ०१००१ ज१२३८ नम्बरको को जिप दुर्घटना भएको हो ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका-४ बस्ने अन्दाजी ४२ वर्षका लक्ष्मण साउँदले चलाएको सो जिप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार जिपमा चालकसहित ११ जना सवार रहेकामा ८ जना घाइते भएका छन् । अछामको चौरपाटी गाउँपालिका-१ बस्ने अन्दाजी १९ वर्षीया कल्पना थापा, सोही उमेरकी देवकी थापा, अन्दाजी १८ वर्षकी लक्ष्मी साउँद, चौरपाटी-२ बस्ने २९ वर्षका लोकेन्द्र बहादुर साउँद, १८ वर्षकी तुल्सि साउँद, १८ वर्षकै प्रेम साउँद, प्रति साउँद र साँफेबगर-४ बस्ने १७ वर्षकी पूजा सुनार घाइते भएका प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्