३१ भाद्र २०८१, सोमबार
मनोरन्जन समाचार समाज

हरिबंशको चर्चित क्यारेक्टर हरिबहादुरमा फिल्म बन्ने

१९ भाद्र, काठमाडौं बरिष्ठ हास्यकलाकार हरिबंश आचार्यको चर्चित क्यारेक्टरमध्ये एक हो ‘हरिबहादुर’ । एउटा खराब पात्रका रुपमा हरिबहादुर चरित्र निकै लोकप्रिय बन्यो । त्यही चरित्रको ‘थिम’मा अब फिल्म बन्ने भएको छ ।

सरोज ओलीको निर्माण, दिपेन्द्र के खनालको निर्देशन र प्रकाश सपुत समेतको अभिनयमा ‘हरिबहादुरको जुत्ता’ नाम फिल्म बन्ने भएको छ । हरिबंश आचार्यले नै फेसबुकमार्फत यसको जानकारी दिएका छन् ।

उनले लेखेका छन्–
हरिबहादुरको चरित्रलाई लिएर चलचित्र बनाउने सुझाब धेरैबाट पाएको थियेँ । एकदिन दिमागमा एउटा कथा फुर्छ “ हरिबहादुरको जुत्ता “ भाइ सरोज ओली चलचित्रको कथा खोज्दै रहेछन् ,अनि सन्जोक मिल्यो ।

लोकप्रिय कलाकार प्रकाश सपुत संगसंगै अभिनय गर्ने अबसर जुर्दैछ निर्देशक दिपेन्द्र के खनालले चलचित्रलाई निर्देशन गर्नु हुने भएकोछ । छायांकन केहि महिनापछि सुरु हने कुरा छ ।

निर्माता सरोज ओली राम्रो कथाबाट आफुले फिल्म बनाउन लागेको बताउँछन् । उनी भन्छन्,‘करिब २५ वर्षदेखि कला क्षेत्रमा लागिरहेको थिएँ तर फिल्म निर्माणको साइत जुरेको थिएन । राम्रो कथा पाएँ भने फिल्म बनाउँछु भन्नेमा मानसिक रुपमा तयार नै थिएँ । यत्तिकैमा एक दिन हरिवंश दाईले ‘हरिबहादुरको जुत्ता’को कन्सेप्ट सुनाउनुभयो । सुन्ने वित्तिकै मनप¥यो । म लोभिएँ । त्यसपछि यही कन्सेप्टमा फिल्म निर्माण गर्न तयार भएको छु । आज चलचित्र विकास बोर्डमा विधिवत रुपमा फिल्म दर्ता गरेर फिल्म निर्माणको मैदानमा होमिएको छु ।’

प्रतिक्रिया दिनुहोस्