५ आश्विन २०८१, शनिबार
समाचार

ओलीले भने-एमाले कुनै ढल होइन, चरित्रहीनलाई एमालेमा स्थान छैन

१९ भाद्र, काठमाडौँ । आगामी निर्वाचनमा पार्टीलाई राष्ट्रिय शक्ति बनाउने लगायतका निर्णय गर्दै एमाले पोलिटब्युरो बैठक सकिएको छ । मंगलबारदेखि सुरु भएको बैठकमा करिब ५१ जना पोलिटब्युरो सदस्यहरूले राय राखेपछि अध्यक्ष केपी शर्मा ओलीले निष्कर्ष सुनाउँदै बैठक समापन भएको हो ।

बैठकमा अध्यक्ष ओलीले पार्टीलाई बलियो, सुदृढ र निर्णायक शक्ति बनाउने उद्देश्य अनुसार अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

त्यस्तै पार्टीभित्र अनुशासनहीन, चरित्रहीन गतिविधि बढे भनेर उठेका प्रश्नमा अध्यक्ष ओलीले एमाले कुनै ढल नभएको बताएका थिए । ‘कि राजनीति गर कि इन्ज्वोए गर’, ओलीले भने, ‘राजनीति र इन्ज्वे गर्न पाइँदैन । चरित्र, आचरण, नैतिकहीन कुरा पार्टीमा सह्य  छैन ।’

त्यस्तै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै निर्वाचन लड्ने तथा तत्काल वामपन्थी एकता सम्भव नभएको पनि बताएका छन् ।

बैठकको पहिला दिन महासचिव शंकर पोखरेलले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’, प्रस्ताव पेस गरेका थिए । सोही प्रस्तावमाथि बुधबार पोलिटब्युरो सदस्यहरूले आफ्नो धारणा राखेका थिए । महासचिव पोखरेलले प्रस्ताव गरेको कार्ययोजनामा पार्टीलाई राष्ट्रिय निर्णायक शक्ति बनाउने, सरकार परिचालन, जनतासँग पार्टीलाई पुर्‍याउने लगायत विषय समेटिएका छन् ।

बैठकले समसामयिक १५ प्रस्तावहरू पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्