३१ भाद्र २०८१, सोमबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

१९ भाद्र, काठमाडौं । नेपालमा हुने साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दशरथ रंगशालामा अक्टोबर १७ देखि ३० सम्म हुने तालिका रहेको साफको तालिका बुधबार सार्वजनिक भएको हो ।

सार्वजनिक तालिकाअनुसार १७ अक्टोबरमा उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ । घरेलु टिम नेपालले भने १८ अक्टोबरमा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन् । यस्तै, समूह ‘ए’ मा साविक विजेता बंगलादेश, भारत र पाकिस्तान छन् । प्रतियोगिताको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

456384673_552676447087887_1183419201741389155_n-1725449120.png
 

प्रतिक्रिया दिनुहोस्