३ आश्विन २०८१, बिहीबार
समाचार समाज सुदूरपश्चिम

कैलालीमा टिप्परको ठक्करबाट एक जना घाइते

२० भाद्र, काठमाडौँ । कैलालीमा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन् । बुधबार गौरीगंगा नगरपालिका–१ चौमाला स्थित भित्री सडक खण्डमा रा १ख १७२६ नम्बरको टिप्परले ठक्कर दिँदा एक जना पैदल यात्री घाइते भएका हुन ।

घाइते हुनेमा गौरीगंगा नगरपालिका–२ कटानपुरका ५९ वर्षीय सुपराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते चौधरीको चौमालामा रहेको डिके अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले टिप्पर र चालक बझाङको थलारा गाउँपालिका–१ का २६ वर्षीय जिवन बिकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्