५ आश्विन २०८१, शनिबार
समाचार

धनगढीमा सर्पले डस्दा एक युवती घाइते

२० भाद्र,  काठमाडौँ । कैलालीमा सर्पले डस्दा एक युवती घाइते भएकी छिन । बुधबार धनगढी उपमहानगरपालिका – ९ बांग्रकटानकी २६ वर्षीय चन्द्रा ठकुल्लालाई घर नजिकै रहेको जंगलमा घाँस काट्ने क्रममा सर्पले डस्दा घाइते भएकी हुन ।

बाँया खुट्टामा सर्पले डसेर घाइते भएकी ठकुल्लाको सेति प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्