३१ भाद्र २०८१, सोमबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

उदयपुरको सोरुङ छविसेमा आमा छोराको हत्या

२० भदौ, कटारी (उदयपुर) । यहाँको कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उनका छोरा अन्दाजी छ वर्षिय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो ।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए । “आमाको शव भुर्इँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो”, वडाध्यक्ष खड्काले भने, “छोराको शवमा हतियार प्रहार गरेको चोटहरु देखिएको जानकारी आएको छ ।”

ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थल तर्पm पठाइसकेको बताए। प्रहरी निरिक्षक महतोले भने, “प्रहरी घटनास्थल पुग्नै लागेको छ । पुग्ने बित्तिकै अनुसन्धान सुरु गर्छौ ।”

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमति लिएर भारततिर गएका थिए । उनले भने, “तीनसय मिटर पर मुल घर थियो गएराति चाहीँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ ।”

घटनास्थल पुगेका कटारी नगरपालिकाकी कार्यापालिका सदस्य गिताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको जानकारी दिए । स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मुल घरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताए ।

“साना साना देवरहरु थिए उनीहरुलाई बिहान आउँछौ भनेका थिए रे”, राउतले भने, “बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ ।”बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तीज मनाउने तयारीमा रहेको गाउँमा हत्याको घटनापछी स्थानीयवासी शोकमा छन् ।

प्रतिक्रिया दिनुहोस्