३१ भाद्र २०८१, सोमबार
अन्तराष्ट्रिय राजनीति समाचार

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना अहिले ‘शान्त बस्नुपर्ने’ : युनुस

२० भदौ, काठमाडौँ । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतमा निर्वासनमा बस्दा ‘शान्त बस्नुपर्ने’ अन्तरिम नेता मोहम्मद युनुसले बिहीबार भारतीय सञ्चारमाध्यमसँग बताउनुभएको छ ।

हसिनाले १५ वर्षसम्म निरन्तररूपमा बङ्गलादेशको नेतृत्व गर्नुभएको थियो । सरकारी जागिरमा आरक्षणमा व्यापक अनियमितता भएको भन्दै यसको खारेजीका लागि भनी सुरू भएको आन्दोलनका क्रममा जनसहभागिता बढ्दै गएपछि र यसको खतरा आफूमाथि देखेपछि केही आफन्तसहित ७६ वर्षीया हसिना हेलिकप्टरमार्फत् भारतको नयाँ दिल्लीमा पुगी शरण लिनुभएको थियो । उहाँ भारततर्फ गएपछि उहाँको राजिनामाको घोषणा बङ्गलादेशको सेना प्रमुखले गर्नुभएको थियो ।

नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले उहाँको सुपुर्दगी र हप्तौंको अशान्तिका क्रममा सयौं प्रदर्शनकारी मारिएको भन्दै उहाँमाथि मुद्दा चलाउन खोजीरहेको छ ।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया ९पिटिआई०सँगको कुराकानीमा ८४ वर्षीय युनुसल भन्नुभयो, “यदि भारतले उहाँलाई बङ्गलादेशले फिर्ता नचाहेसम्म राख्न चाहन्छ भने उहाँ त्यहाँ ‘शान्त बस्नुपर्छ’ ।

उहाँले अगाडि थप्नुभयो, “भारतमा बसेर उहाँ बोलिरहनुभएको छ र निर्देशन दिइरहनुभएको छ । यो हाम्रो वा भारतका लागि राम्रो होइन र कसैलाई मन पर्दैन ।”

गत अगस्ट ५ मा सत्ताच्युत भएयता हसिना आफ्नो पूर्व सरकारको सबैभन्दा ठूलो संरक्षक र हितैषी देश भारतमै रहनुभएको छ ।

सन् १९७५ मा आफ्ना पिता तथा स्वतन्त्रताका नायक शेख मुजिबुर रहमानको हत्या भएको दिन, अगष्ट १५ मा ढाकामा भेला हुन बङ्गलादेशीहरूलाई आह्वान गर्दै एक सार्वजनिक विज्ञप्ति जारी गर्नुभएको थियो ।

हसिनाको टिप्पणीलाई उहाँको अवामी लिग पार्टीका सदस्यहरूलाई उत्तेजित पार्ने उत्तेजक प्रयासको रूपमा हेरिएको थियो र युनुसले पदभार ग्रहण गरेको पहिलो चरणका दिनमा कानून र व्यवस्थालाई कमजोर बनाएको थियो।

उहाँको बाल्यकालको घरबाहिर भएको विरोध प्रदर्शनका क्रममा अवामी लिगका संदिग्ध समर्थकलाई आन्दोलनकारीले लाठी र रड प्रयोग गरी आक्रमण गरेका थिए ।
युनुसले भारतलाई सुपुर्दगीका लागि औपचारिक अनुरोध गरिएको छ वा छैन भन्नेबारे भने केही बताउनुभएन । उहाँको सरकारले हसिनालाई स्वदैश फिर्ता गर्ने माग गरिसकेको छैन ।

हसिनाको सरकारमाथि व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ । आरोपमा हसिनाका राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासत र गैरन्यायिक हत्या पनि समावेश छन्।

हसिना र अवामी लिगका वरिष्ठ व्यक्तिहरूविरुद्ध विद्यार्थीको नेतृत्वमा भएको विद्रोहमाथि प्रहरी दमनमा प्रदर्शनकारीहरूको मृत्यु भएको आरोपमा थुप्रै आपराधिक मुद्दाहरू दर्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस्