३१ भाद्र २०८१, सोमबार
समाचार समाज

छतबाट लडेर एक जना घाइते

२१ भाद्र, काठमाडौँ । कैलालीको धनगढीमा छतबाट लडेर एक जना घाइते भएका छन । शुक्रबार जोशीपुर गाउँपालिका – १ घर भई धनगढी उप – महानगरपालिका – ८ क्याम्पस चोकमा डेरा गरी बस्ने ४२ वर्षीय रोहन राज चौधरी छतबाट लडेर घाइते भएका हुन ।

प्रहरीका अनुसार उनी मादक पदार्थ सेवन गरेको अवस्थामा आफु बस्ने १ तले घरको छतबाट लडेका थिए । उनको दाहिने कान, टाउको, आँखा र नाकमा चोट लागेको छ । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्