१२ मंसिर २०८१, बुधबार
समाचार समाज

नवलपुरमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

२१ भाद्र,  काठमाडौं । नवलपुरमा भारी वर्षा मापन गरिएको छ । आज बिहान ६ः२५ बजे नवलपुरको देउराली नवल वर्षामापन केन्द्र र दुमकौली वर्षामापन केन्द्र आसपास भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

थप वर्षा हुन सक्ने विभागको अनुमान छ । सो क्षेत्र भइ बहने बिनइ नदी, मुकुन्डे खोलालगायत अन्य स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्र र डुबान हुन सक्ने होचा स्थानमासतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्