३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

काठमाडौं महानगरले सुरु गर्यो एकल सेवा केन्द्र

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि केन्द्रीय कार्यालयको ब्लक ‘क’ (उत्तरतर्फको भवन) कोभुइँतलाबाट एकल सेवाकेन्द्रबाट एकद्वार सेवाप्रवाह सुरु गरेको छ।

महानगरपालिकाभित्र जुनसुकै सेवालिनपनि केन्द्रमा आएर टोकन लिनुपर्ने, प्रक्रिया, कागजपत्र, सेवा लिने ठाउँ, समयजस्ता विषयमा जानकारी लिएपछि सेवाप्राप्त हुने व्यवस्था भएकोले एकद्वार भनिएको हो।

निजामतीसेवा दिवसको अवसर पारेर शुभारम्भ गरिएको केन्द्रमा वडा नं. ५ बाट विपन्न नागरिक शिफारिस लिनआएका सुरेशप्र जापती र राजस्वका दररेटसम्बन्धी जानकारी लिन वडानं. ३२ बाट आएका समिर नेपाललाई टोकन प्रदान गर्दै सेवासुरु गरिएको थियो।

उनीहरुले टोकन प्राप्त गरेको ४५ मिनेटमा सेवा लिएका थिए।दिवसका अवसरमा पारेर आयोजना हुनेकार्यक्रम परम्परागत ढाँचाका हुने अभ्यासलाई चिर्दै महानगरपालिकाले सेवाशुभारम्भ गरेको हो।

त्यसअवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सेवाग्राहीलाई टोकन लिने विधि सिकाउँदै सेवाका बारेमा जानकारी गराएका थिए।यस्तै प्रवक्ता एवं सूचना प्रविधिसमितिका संयोजक नविन मानन्धरले, केन्द्रका पहिलो सेवाग्राहीलाई पुष्पगुच्छा दिएर स्वागत गरेका थिए।

‘एकल सेवाकेन्द्र’ पहुँचयुक्त, पारदर्शीर उत्तरदायी सेवाको आधारभूत पूर्वाधार हो।शुभारम्भपछि अवलोकनगर्दै उपप्रमुख सुनिता डंगोलले भनिन, ‘समय सापेक्ष प्रविधियुक्त सेवा अहिले अपरिहार्य आवश्यकता हो।यससँगै महानगरपालिकामा सेवा लिन आउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति सबैलाई समान सेवादिनु हाम्रो कर्तव्य हो।केन्द्र यसका लागि स्थापना भएको हो।केन्द्रलाई पहुँच युक्त बनाउन सांकेतिक भाषा अनुवादक राख्ने सहितका योजना क्रमशः कार्यान्वयन गर्दै जानेछौँ।’

‘केन्द्र इग भर्नेन्सको व्यवहारिक प्रयोग हो।’प्रमुख प्रशासकीय अधिकृत परियारले भने,‘नागरिकका

‘महानगरपालिकामा आउने कोहीपनि सेवाग्राहीले सेवाका लागि कसलाई भेट्ने, कुन तलामा पुग्ने, कागज के चाहिन्छ, प्रक्रियाका लागि कति समय लाग्छ भनेर अल्मलिनु पर्दैन,’प्रवक्ता मानन्धरले भने, ‘प्रविधिका ज्ञानहुनेले प्राविधिक साधन तथा उपकरणको सहयोग लिएर यसमा ज्ञाननहुनेले डेस्कका कर्मचारीबाट जानकारी लिएर सेवा लिन सक्नुहुनेछ।’

केन्द्रसँगै स्तनपान कक्ष छ।कक्षसँगै प्राथमिक स्वास्थ्य सेवा कक्ष छ।यस कक्षबाट सरकारले उपलब्ध गराएका ९८ प्रकारका निःशुल्क औषधि प्राप्त छन्।स्वास्थ्य विभागका प्रमुख दिपक केसी भन्छन्  ‘सेवाकेन्द्रमा आएका सेवाग्राहीले केही समय पर्खनुपर्ने व्यवस्था रह्यो भने सुगर, प्रेसर जस्ता जाँच गराउन सक्नुहुने छ।यसकक्षबाट चिकित्सक सहितका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह हुनेछ।’

निःशुल्क वाइफा इसेवा, मोबाइल चार्जिङ्स्टेशन, प्रतिक्षालय, कफीको प्रबन्ध केन्द्रका सुविधा हुन्।

 

प्रतिक्रिया दिनुहोस्