३१ भाद्र २०८१, सोमबार
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

यौनिक तथा लैङ्गिक अल्पसंख्यकले मनाए ‘इन्द्रेणी तीज’

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुले ‘इन्द्रेणी तीज’ मनाएका छन् । ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा काठमाडौंको वालुवाटारमा आयोजित कार्यक्रममा उनीहरुले आफ्नो लैङ्गिक पहिचान खुलाएरै तीज पर्वमा रमाएका हुन् ।
‘हाम्रा परम्पराहरूलाई सम्मान गर्दै हाम्रा समुदायभित्रको विविधता र एकतालाई एकसाथ मनाऔँ ।रमाइलो, खानपान र उत्सवको मज्जा नछुट्टाऔँ’ भन्ने नारासहित जम्मा भएका समुदायका व्यक्तिहरुले पहिचान र अधिकारका लागि पनि पर्वको महत्व रहेको बताए ।
सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले दबिएर, हेपिएर र पिल्सिएर रहेका र यौनिक रुपमा अल्पसंख्यक समुदायहरु आफ्नो अधिकारका लागि खुल्ला रुपमा तीज पर्वमा सामेल भएको बताइन । सो अवसरमा बेस्ट डान्स, बेस्ट ड्रेस, बेस्ट वाक जस्ता प्रतियोगिताहरुको आयोजना गरिएको थियो ।
धुमधामका साथ तीज मनाए

प्रतिक्रिया दिनुहोस्