३१ भाद्र २०८१, सोमबार
समाचार समाज

बैतडीमा करेन्ट लागेर बालकको मृत्यु

२२ भाद्र, बैतडी । बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका-८ बाच्पानीका १२ वर्षीय बसन्त बोहराको करेन्ट लागेर मृत्यु भएको हो ।

शुक्रबार दिउँसो स्थानीय घुम्तीमोड नजिकैको जङ्गलमा बाख्रा चराउन गएका उनले समातेको लट्ठी जमिन नजिकै भएर तानिएको विद्युतको तारमा छोइएर करेन्ट लाग्दा मृत्यु भएको स्थानीय डबल बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्