३१ भाद्र २०८१, सोमबार
समाचार समाज

धनगढीमा एक महिला मृत फेला

२२ भाद्र , काठमाडौँ ।  धनगढीमा एक महिला मृत फेला परेकी छन् । शुक्रबार टीकापुर नगरपालिका-१ घर भई धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी कोठा गरी बस्ने २० वर्षकी सरिता चौधरी मृत फेला परेकी हुन् । उनी आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धानको लागि घटनास्थलमा प्रहरी खटिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्