३१ भाद्र २०८१, सोमबार
समाचार समाज

कुमारी बैंककी कर्मचारीलाई हुन्डी कारोबारको अभियोग

२२ भाद्र, काठमाडौं । कुमारी बैैंककी कर्मचारी तृप्ती राणालाई प्रहरीले हुन्डी कारोबारको अभियोगमा मुद्दा दायर गरेको छ । कुमारीपाटी शाखामा अधिकृतका रुपमा कार्यरत उनलाई प्रहरीले दुई महिनाअघि पक्राउ गरी एक साता थुनामा राखेको थियो । हाजिरी जमानीमा छाडिएकोमा गत सोमबार फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

उनको खातामा स्रोत नखुलेको १७ लाख ९३ हजार पाँच सय ६० रुपैयाँ कारोबार भएको र त्यो हुन्डीवापतको भएको बताइएको छ । धेरै जसो पैसा उनको खातामा बुटवल मनि ट्रान्सफरका सञ्चालक सहदेव बिक्रम शाहले जम्मा गरेका थिए । शाहलाई पनि प्रहरीले अनुसन्धानमा तानेपनि सामान्य सोधपुछ गरेर छाडेकोमा पछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । अष्ट्रेलियामा रहेका आफन्तसँग मिलेर उनले हुन्डी कारोबार गरेको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्