३१ भाद्र २०८१, सोमबार
समाचार समाज

निजामतीमा सर्वाेत्कृष्ट कर्मचारी भेटिएन, १० जनालाई उत्कृष्ट कर्मचारीको पुरस्कार दिने निर्णय

२२ भाद्र,काठमाडौैं । निजामती प्रशासनमा यो वर्ष सर्वाेत्कृष्ट कर्मचारी छान्न सरकार असफल भएको छ । शनिबार मनाउन लागिएको निजामती सेवा दिवसको अवसरमा सरकारले १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार मात्र दिने भएको छ ।

निजामती सेवा नियमावलीमा दुई लाख राशीको सर्वाेत्कृष्ट निजामती सेवा पुरस्कार दिने उल्लेख छ । त्यस्तै, १० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार दिने निर्णय शुक्रबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ । त्यस्तै निजामती सेवा पुरस्कारका लागि अन्य ३० जना छनोट भएका छन् । तर, उनीहरुको नाम सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शनिबार निजामती सेवा दिवस मनाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्