३१ भाद्र २०८१, सोमबार
समाचार समाज

काठमाडौँका ‘साइको अपराधी’ :युवतीलाई घरमा लगेर यातना दिई आनन्द लिने

२२ भाद्र , काठमाडौँ । कतिपय फिल्महरुमा युवतीहरुलाई यातना दिई आनन्द लिने साइको पात्रहरुको कथा देखाइन्छ । त्यस्तो वास्तविक घटना नै काठमाडौंमा भएको छ ।

क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौं ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका–११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरूङ रहेका छन् ।

उनीहरूले काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बुढानिलकण्ठ नगरपालिका–१ स्थित देउलाको घरमा लैजान्थे । त्यहाँ नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिने गरेको प्रहरीले जनाएको छ । युवतीलाई यातना दिएर उनीहरुले मजा लिने गरेको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्