३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

गृह सचिवमा गोकर्णमणि दुवाडी

२२ भाद्र , काठमाडौँ ।  गृह मन्त्रालयको रिक्त सचिवमा गोकर्णमणि दुवाडीको सरुवा भएको छ । राष्ट्रिय तथ्याङक कार्यालयमा कार्यरत उनलाई मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी दिएको हो ।

गृहसचिव रहेका एकनारायण अर्याल गत आइतबारदेखि मुख्यसचिवमा नियुक्त भएपछि गृहसचिव रिक्त थियो । गृहसचिव बन्न चर्काे प्रतिस्पर्धाबीच दुवाडीले बाजी मारेका हुन् । कसलाई जिम्मेवारी दिने भन्नेमा बिहीबार मन्त्रिपरिषद्को बैठकमा सहमति जुटेको थिएन । ब्याकडेटमा शुक्रबार निर्णय गरिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्