३१ भाद्र २०८१, सोमबार
समाचार समाज

गैंडाको आक्रमणबाट एक गाइडको मृत्यु, २ जना घाइते

२२ भाद्र , काठमाडौँ । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एक जना गाइडको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार गाइडको मृत्यु भएको नेपाली सेनाले बताएको छ ।

त्यस्तै, एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । सेनाका अनुसार विदेशी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्