३१ भाद्र २०८१, सोमबार
समाचार समाज

डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु

२२ भाद्र, डोटी – डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ । शनिबार आदर्श गाउँपालिका – ३ उन्ने ओडार भन्ने ठाउँमा पहिरोमा परेर ६१ वर्षीय कौमती देवी ऐरको मृत्यु भएको हो ।

उनी माइत जाने क्रममा पहिरोमा परेको वडा अध्यक्ष दीपेन्द्र प्रसाद पाठकले जानकारी दिएका छन ।

उनले कौमती सँगै रहेकी १२ वर्षीया नातिनी भुवनेश्वरी ऐर घाइते भएकी छन्

प्रतिक्रिया दिनुहोस्