देशभर नौ दुर्घटना, १० जनाको मृत्यु
२२ भाद्र, काठमाडौं । देशका आठ जिल्लामा भएका नौ वटा दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् । शुक्रबार र शनिबार मकवानपुर, सिन्धुली, रुपन्देही, बर्दिया, बाँके, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र सिराहा जिल्लामा शनिबार र शुक्रबार भएका सवारी दुर्घटना १० जनाले ज्यान गुमाएका हुन् ।
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरस्थित सडकमा मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मकवानपुर बाग्मती गाउँपालिका–४ बस्ने २२ वर्षीय प्रविन बजुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मकवानपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
सिराहा, औरही गाउँपालिका–४ स्थित सडकमा बरियारपट्टीबाट सिराहातर्फ आउँदै गरेको बिआर ३२ एम २०१५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिराहा नगरपालिका–१८ बस्ने १७ वर्षीय मनिष कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका–१० भैसाखोरीस्थित सडकमा गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको ना.७ ख २५२५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–११ बस्ने पुष्प राज श्रेष्ठको छोरा ७ वर्षीय बिशाल श्रेष्ठ र ५५ वर्षीया श्रीमाया मानन्धरको शुक्रबार राती मृत्यु भएको छ । दुर्घटनामा बिशालको घटनास्थलमै र गम्भीर घाइते भएकी श्रीमाया मानन्धरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालक फरार छन् ।
बाँके, खजुरा गाउँपालिका–७ चाईनाभट्टास्थित सडकमा बर्दियादेखि नेपालगंजतर्फ आउँदै गरेको भे.८ प ३०४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राती दुर्घटना हुँदा चालक बर्दिया बढैयाताल गाउँपालिका–५ बस्ने ३१ वर्षीय बिपिन पंगेनिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका–१० कैसिल्या अस्पताल अगाडि कोहलपुरबाट नेपालगंजतर्फ आउँदै गरेको लु.प्र.०१००१ प ११५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका–१० बस्ने ३८ वर्षीय भुपेन्द्र सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रूपन्देही, बुटवल उपमहानगरपालिका कालिकाचोक नजिकै योगिकुटिबाट राजमार्ग चौराहातर्फ आउँदै गरेको लु.४८ प ३१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राती दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका–९ ईटाभट्टी होटलमा काम गर्ने गुल्मी मुसिकोट नगरपालिका–७ घर भएका २३ वर्षीय निरंजन रायमाझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी रूपन्देही, देवदह नगरपालिका–२ श्रीटोलस्थित सडकमा शंकरपुरबाट खैरेनीतर्फ जाँदै गरेको लु.८७ प ६८८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८१ वर्षीया अम्बिका खनालको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको देवदह मेडिकल कलेज भलुही हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालक पक्राउ परेका छन् ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका–१३ जमुनियास्थित सडकमा लु.४ प ७६९१ नम्बरको मोटरसाइकल र साइकल एकआपसमा ठक्कर खाई शुक्रबार राती दुर्घटना हुँदा साइकलयात्री सोही नगरपालिका–१३ नारायणचोक बस्ने ४७ वर्षीय सुरेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्