३१ भाद्र २०८१, सोमबार
समाचार समाज

कर्णाली राजमार्ग अवरुद्ध

२३ भाद्र, जुम्ला । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।  गए रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ । गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्